३० बैशाख २०७७, मंगलवार
  • विवेक राई,

भोजपुर, वैशाख ३० । भोजपुरमा चट्याङ लागेर पाँच जना घाइते भएका छन् ।

मंगलवार वर्षा संगै चट्याङ पर्दा पौवादुङमा–२ मुलखर्क बस्ने ३५ बर्षीय टिकाराम खड्का र उनकी छोरी १२ वर्षीाय अस्मीता खड्का, पौवादुङमा गाउँपालिका २ मुलखर्ककै ६१ वर्षीया राम कुमारी खत्री, उनका छोरा ३२ वर्षीय छोरा दिनेश खत्री त्यस्तै पौवादुङमा २ तिवारी भन्ज्याङका ३० बर्षीय दिपक दर्जी घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुका अनुसार घाइते पाँचै जनाको पौवादुङमा–२ स्थित रोशन मेडिकल तिवारी भन्ज्याङमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV