३० बैशाख २०७७, मंगलवार

काठमाडौं, ३० बैशाख । नेपालमा कोरोना संक्रमितको संख्या थपिने क्रम तीब्र बनेको छ । आज एकै दिन ह्वात्तै बढेर नेपालमा संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

आज एकैदिन संक्रमितको संख्या ५७ थपिएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन भने कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले थपिएका सबै पुरुष भएकाे जानकारी दिनुभयाे ।

तस्वीरमा कुन जिल्लामा कति संक्रमित ?

प्रतिक्रिया दिनुहोस्
LIVE TV