३० बैशाख २०७७, मंगलवार

काठमाडाैं, ३० वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा सांसद भीम बहादुर रावलले देश र जनता सुरक्षित नभई कुनै पनि विकासका गतिविधि अगाडि बढ्न नसक्ने बताउनुभयो ।

फाइल तस्वीर

मंगलबार प्रतिनिधि सभाकाे बैठकमा बोल्दै सांसद रावलले राष्ट्रय सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयाे । सांसद रावलले भन्नुयभाे, ‘देश सुरक्षित नभई, जनता सुरक्षित नभई त्यहाँ कुनै पनि विकासका गतिविधि अगाडि बढ्न सक्दैन, त्यसकारण यो राष्ट्रिय सुरक्षालाई प्रथामिकतामा राख्नुपर्छ ।’

सीमानाका आवश्यक सुरक्षाकर्मीहरु खटाउनुपर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘हाम्रो सीमानाकामा त्यहाँ आवश्यक सुरक्षाकर्मीहरु खटाउऔँ र ती सुरक्षाकर्मीहरुको लागि खाने र बस्नेकाे उचित व्यवस्थापन गर्नुपर्दछ ।’

सांसद रावलले काेराेना भाइरस नियन्त्रण गर्नका लागि सीमानाकामा खटाइएकाे सुरक्षाकर्मिहरू नै विचल्लीमा परेकाे पनि सुनाउनभयाे । उहाँले भन्नुभयाे, ‘हामी अहिले सीमानाकामा कोरोनाको संक्रमणलाई रोक्नको लागि भारतबाट आउने मानिसहरुलाई नियन्त्रण गर्नका लागि खटाइएका सुरक्षाकर्मीहरु समेत विचल्लीमा परेका कुराहरू टेलिभिजनमा सुनिरहेका छाैँ/देखिरहेका छाैँ, पत्रपत्रिकामा पढीरहकाे छाैँ ।’

अब आउने बजेटकाे नीति र सिद्धान्त बनउँदा ती सुरक्षाकर्मीहरुको लागि पनि प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयाे । सीमानाकाम तुरुन्तै भौतिक संरचनाहरु निमर्ण गर्ने र सुरक्षाकर्मिहरुको प्रर्वन्द्धन गर्ने नीतिहरु प्रस्ट रुपमा अगाडि सरिनु पर्ने र नीति र सिद्धान्तलाई व्यवहारमा रुपमान्तरण गर्नु पर्ने उहाँले बताउनुभयाे ।

‘कालापानी क्षेत्रमा नेपाली सेनालाई सडक निर्माण गर्ने जिम्मेवारी दिनुपर्ने थियो भन्ने कुरा बुझेका हौँ । तर अहिलेसम्म काम सुरु भएको छैन् । सीतापुलमा भारत र तिंकरमा चीनसँगको भन्सार पञ्चायतकालमा समेत सञ्चालनमा थियो । नीति र सिद्धान्त राष्ट्रिय सुरक्षामा केन्द्रीत हुन्छ भने यी कुराहरुलाई केले रोकेको छ,’ उहाँले भन्नुभयाे ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV