३० बैशाख २०७७, मंगलवार

बैतडी, ३० बैशाख । जिल्लाको सिगास गाउँपालिका ९ लिपुणखोलामा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ ।

माइत पुगेर आफ्नो घर फर्कदै गरेकी ती महिलाको भीरबाट लड्दा सोमबार राती ७ बजेतिर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सिगास गाउँपालिका ९ की ३० वर्षीया कलावती धामी रहेकी प्रहरीकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV