२९ बैशाख २०७७, सोमबार
  • अभिमन्यु लामीछाने

उदयपुर, २९ वैशाख । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा बुधबार थप २ सय २० जनाको स्वाब संकलन गरिएको छ।

भुल्के क्षेत्रमा रहेका ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितहरुको सम्पर्कमा आएका र स्थानीयहरुको पनि स्वाब संकलन गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको स्वास्थ्यकर्मी टोलीले महिला १३२ र पुरुष ८८ गरेर भुल्के क्षेत्रमा जम्मा २ सय २० जनाको आज स्वाब नमूना संकलन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताए।

संकलित स्वाब नमूना परीक्षणका लागि टेकु अस्पताल पठाइने प्रमुख सुवेदीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
LIVE TV