२९ बैशाख २०७७, सोमबार
  • शीतल भट्ट

बेलौरी, कञ्चनपुर, २९ बैशाख । आइतबार दिउँसो आएको भीषण हावाहुरीले कञ्चनपुरमा वितण्डा मच्चाएको छ । एक्कासि दिउँसो तीन बजेतिर आएको हावाहुरीका कारण कञ्चनपुरमा वितण्डा मच्चाएको हो ।

कञ्चनपुरको बेलौरी नगरपालिका , पुनर्वास नगरपालिका , भीमदत्त नगरपालिका , शक्ला फाँटा नगरपालिका , लगायत बेलडाँडी र लालझाडी गाउपालिका क्षेत्रमा २० घण्टादेखि विद्युत सेवा अवरुद्ध बनेको छ । सेवा अवरुद्ध हुँदा नगरपालिकामा दैनिक कामकाज ठप्प रहेको छ । ठाउँठाउँमा पोल ढलेका छन् ।

बेलौरी नगरपालिका ५ रामनगर , ९ रतनपुर, ८ कलकत्ताका धेरै जसो घर र गोठको छानो नै उडाएको स्थानीयवासीले बताएका छन् । कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउन र कोरोनासंग लडिरहेको कञ्चनपुरमा पश्चिमी भारतबाट आएको आँधिहुरीका कारण जिल्लामा सबैभन्दा बढी विद्युतमा क्षति पुगेको छ ।

कञ्चनपुर प्रहरीका अनुसार हावाहुरीका कारण जनजीवन प्रभावित भएपछि मानवीय क्षति भने भएको छैन् । केही चौपाया र घर, गोठ, विद्यालय, साईकल पार्किङ्ग स्टेण्डमा क्षति पुगेको छ ।

उता अगुवा महिला निर्मला भट्टका अनुसार भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको कञ्चन विद्या मन्दिरको साईकल स्टेण्ड टुटेको छ । भीनपा ७ हल्दुखाल स्थित ज्ञान बाटिका विद्यालयको छानो उडाएको छ भने अधिकाँशका गोठमा क्षति पुगेको छ ।

हावाहुरीका कारण साईनबोर्ड, आपँ, लिची लगायतका किसानका फलफूलमा समेत क्षति पुगेको छ । जिल्लाभरी निकुञ्ज एव वन क्षेत्रमा समेत सालका रुख ढलेका छन् । ठाँउ ठाँउमा रुख ढल्दा सडक समेत अवरुद्ध भएको छ । जलवायु परिर्वतनका कारण एक्कासि आउने हावाहुरीका कारण पनि जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV