२९ बैशाख २०७७, सोमबार
  • भगतराम थारु,

नेपालगञ्ज, २९ बैशाख । नेपालगञ्ज उपमहानगरपालिका भित्र कोरोना संक्रमितका सम्पर्कमा रहेकाहरु कन्ट्याक्ट ट्रेसिङ कार्य सम्पन्न भएको छ ।

नेपालगञ्ज ८ जोलहनपुर्वाका संक्रमित २४ जनाको सम्पर्कमा आएका व्यक्तिहरुको टे«सिङ सकिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । ट्रेसिङ गरिएका मध्ये अधिकांश त्यही टोलकै रहेका थिए ।

उनीहरु आउजाउ गरेका रानीतलाउ सब्जी मण्डी, पान पसल, किराना तथा खाद्यान्न पसल र छेउका वडाहरुका व्यक्तिहरुको ट्रेसिङ गरी स्वाब संकलन गरिएको हो । शनिबार नेपालगञ्ज वडा नं. ८ र ११ का १ सय ६२ जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको छ ।

टे«सिङ गरिएका जामे मस्जिद क्षेत्रका ७५ जनाको स्वाब भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा जॉच भएको थियो । ‘पहिलो संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्ति र त्यसपछि संक्रमित भएका सम्पर्कमा आएकाहरुको टे«सिङ गरी स्वाब संकलनको काम सकिएको छ’, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले भन्नुभयो ।

हालसम्म संक्रमित र उनीहरुको सम्पर्कमा आएका ३ सय ७२ जनालाई ट्रेसिङ गरी स्वाब संकलन गरिएको थियो ।

आइतबारदेखि सीमासंगै जोडिएको नेपालगञ्ज उपमहानगरपालिका १६ जयसपुर र कोहलपुर नगरपालिका वडा न.४, ८ र ९ का ३० मा ट्रेसिङ गरी स्वाव संकलन गरिएको छ । कोहलपुरबाट ३० जनाको स्वाब संकलन गरी परीक्षणका लागि भेरी अस्पतालको ल्याबमा पठाइएको छ ।

सरकारले नेपालगञ्जका लागि १ हजार भिटीआर र २ हजार पीसीआर पठाएपछि टे«सिङ र टेस्टीङको काम तीब्र गतिमा भइरहेको छ । कोरोनाको परीक्षण तीब्र गतिमा हुन थालेपछि नियन्त्रणमा सहज हुने विश्वास गरिएको छ ।

कोरोनाका सक्रमण देखिएको नेपालगञ्जको जोलहन पूर्वलाई पूर्णरुपमा सिल गरिएको छ । यस्तै जिल्ला प्रशासन कार्यालय बाँकेले भने यही २६ गतेदेखि दैनिक उपभोग्य वस्तु विक्री वितरणमा सहजता कायम गरेको छ ।

दैनिक ११ बजेदेखि ३ बजेसम्मका लागि दैनिक उपभोग्य वस्तु किनमेल गर्न दिने भनेर जिल्ला प्रशासन कार्यालय बाँकेले विज्ञप्ती निकालेर जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV