२९ बैशाख २०७७, सोमबार
  • ज्योतिकुमार पन्थी

गुलरिया, २९ बैशाख । बाँकेमा कोरोना संक्रमण बढेसंगै बर्दिया जिल्लामा पनि बिशेष सजगता अपनाईएको छ । तर बर्दियामा प्रशासनले रोकेको भनिएको बिभिन्न सामग्रीहरु र मानिसहरुको आवतजावत भने रोकिएको देखिदैन ।

यस अघि बर्दिया जिल्लामा कोभिड १९ जिल्ला स्तरीय संकट ब्यवस्थापन केन्द्रको बैठकले बाँकेमा कोरोना संक्रमणको संख्यामा बृद्धि भएको भन्दै तरकारी, फलफूल लगायतका सामग्री भित्रन नदिने निर्णय गरेको भए पनि सोमबार बर्दियामा फलफुल बोकेको भे १ ख २३८८ नंको ट्रक जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

बाँकेबाट पूर्वी मानखोलना हुँदै सदरमकाम गुलरिया पुगेको ट्रक कसरी सदरमुकाम पुग्यो भन्ने चासोको बिषय बनेको छ । पछिल्लो समय फलफूल जन्य पदार्थ रोकेको प्रशासनले बाँकेबाट बर्दिया भित्रने क्रममा करिव एक दर्जन स्थानमा सुरक्षाकर्मी तैनाथ रहेका छन ।

लकडाउनको समयमा ट्रक नै बन्देज गरिएको सामान बोकेर बर्दिया जिल्ला प्रहरी कार्यालय अगाडि अनलोड गरेको दृष्य सहितको तस्विर सामाजिक सञ्जालमा भाईरल भए पछि बल्ल प्रशासनले गुलरिया नगपालिका ४ बाट ट्रकलाई नियन्त्रणमा लिएर फलफूल अनलोड गरिएको गोदाम समेत सिल गरिएको छ ।

यसैबीच सामाजिक सञ्जालमा तस्वीर र बील भाईरल भए पछि जिल्ला प्रहरी कार्यालय बर्दियाले ट्रक नियन्त्रणमा लिएर गोदाममा सिल समेत गरी छानबिन प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी योगेन्द्र खडकाले जानकारी दिनुभयो ।

पछिल्लो समय बाँकेमा बढेको संक्रमणले बर्दियामा समेत खतराको घण्टी बजेको र त्यसमा पनि संक्रमण रोक्न भएका निर्णय कार्यान्वयन गर्न नसक्नु लज्जास्पद रहेको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV