२९ बैशाख २०७७, सोमबार

काठमाडौं, २९ बैशाख । मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाले छिमेकी राष्ट्र भारतले गरेको नेपाली भूमि अतिक्रमणविरुद्ध वुटवलस्थित अस्पताल लाइनमा धर्ना प्रदर्शन गरेको छ ।

सोमबारको उक्त प्रदर्शनमा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनाल, रुपन्देही शाखा सभापति धनपति खनाल, केन्द्रीय सदस्य लालप्रसाद (कृष्ण) पंगेनी, अधिकारकर्मीहरु लालहरी पाण्डेय, विक्रम खड्का, अर्जुन ज्ञवाली, कपिल ज्ञवाली, धनकुमारी खनाल, कृष्ण पाण्डे लगायतको सहभागिता थियो ।

विरोध प्रदर्शनका क्रममा लिपुलेक सडक निर्माण तत्काल रोक, लिपुलेकसहितको नेपालको नक्सा सार्वजनिक गर, नेपाली भूमि संरक्षण गर, सीमा अतिक्रमण अपराध हो, सार्वभौमिकता संरक्षण गर, नेपाल सरकार स्वेतपत्र जारी गर, भारतीय सेना कालापानीबाट फिर्ता गर, दुई देशका नागरिक स्तरको सद्भाव कायम गर लेखिएका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।

यसैगरी मानव अधिकार तथा शान्ति समाजले भारतले गरेको नेपाली भूमि अतिक्रमणविरुद्ध भोलि मंगलबार दिउँसो १२ बजे भारतीय दुतावास लैनचौर खानी विभाग अगाडि धर्ना प्रदर्शन गरेको छ । विद्यमान अवस्थाका कारण सहभागिता संख्या सीमित गरी आवश्यक दूरी कायम गरी प्रदर्शन गरिने जानकारी गराइएको छ ।

LIVE TV