२९ बैशाख २०७७, सोमबार
  • ज्योति कुमार पन्थी,

गुलरिया, २९ बैशाख । बर्दिया जिल्लाका महिला अधिकारकर्मीहरुले भारतले नेपालको लिपुलेक, कालापानी सीमामा व्यापक अतिक्रमण गरेको विरोधमा प्रमुख जिल्ला अधिकारीमार्फत् नेपाल सरकारलाई ज्ञापन–पत्र बुझाएका छन् ।

विश्वमै कोरोना महामारी फैलिरहेको समयमा भारतले नेपाली भूमि अतिक्रमण गर्नु निन्दनीय काम भएको भन्दै जिल्लाका क्रियाशील महिला अधिकारकर्मीहरुले सोमबार ज्ञापन–पत्र बुझाएका हुन् ।

ज्ञापन–पत्र बुझाउँदै अधिकारकर्मी दलित महिला संघ बर्दियाका अध्यक्ष हीमा सुनारले भनिन्, ‘हामीले पटक–पटक नेपालमा भइरहेका सीमा अतिक्रमणको विरोधमा आवाज उठाउँदै आइरहेका छौं ।’

ज्ञापन–पत्र लिएर प्रशासन अगाडि पुगेका महिला अधिकारकर्मीहरुले पटक–पटक भारतले नेपालमाथि आखा लगाएको भन्दै तत्काल कुटनीतिक तवरबाट अतिक्रमित भूमि फिर्ता गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV