२९ बैशाख २०७७, सोमबार

काठमाडौं, २९ बैशाख । नेपालमा कोरोना संक्रमितको संख्या थपिने क्रम तीब्र बनेको छ । आज विहान मात्र कपिलवस्तुमा १० जना नयाँ संक्रमित फेला परेको अवस्थामा दिउँसो पुनः सप्तरी जिल्लामा पनि एक जना कोरोना संक्रमित फेला परेका छन् ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सप्तरीमा संक्रमित भेटिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २१ पुगेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV