२९ बैशाख २०७७, सोमबार

काठमाडौं, २९ बैशाख । नेपाली भूभाग लिपुलेकमा सडक निर्माण गरेको भन्दै अमेरिकामा रहेका नेपालीहरूले भारतविरुद्ध प्रदर्शन गरेका छन् ।

नेपालको झण्डा र प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका उनीहरूले अमेरिकी राष्ट्रपति भवन अगाडि नाराबाजी गरेका थिए ।

प्रदर्शनका क्रममा उनीहरूले लिपुलेक नेपाली हो, गो ब्याक इण्डिया लगायतका नारा लगाएका थिए ।

कोरोना भाइरस संक्रमणको त्रासबीच गरिएको प्रदर्शनमा ठूलो संख्यामा नेपालीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV