२९ बैशाख २०७७, सोमबार

एजेन्सी, २९ वैशाख । बेलायती प्रधानमन्त्री जोनसन बोरिसले कोरोना भाइरसको शन्देस परिर्वतन गरेका छन् । हिजो राति उनले परिवर्तन गरेको शन्देसलाई लिएर धेरै बेलायतवासीहरु आक्रोशित बनेका छन् ।

प्रधानमन्त्रीको नयाँ कदमले काममा भने फर्किन पाइने भएको छ । डाउनिंग स्ट्रिटले आज नयाँ स्वास्थ्य नाराको अवधारणा अघि सारेको छ र नारामा भनिएको छ ‘घरमा रहनुस् सर्तक रहनुस’ । यद्धपि बेलायती प्रधानमन्त्री जोनसनले देशमा लकडाउन केही खुकुलो बनाउने योजना बनाएका छन् । उनले त्यहाँका सर्वसाधारणहरुलाई बुधबारदेखि घरबाहिर जान पाउने गरी एउटा योजना सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री बोरिसले भाइरसबाट सचेत रहनुपर्ने भन्दै यसलाई नियन्त्रण गर्नु र यसबाट बच्नु जरुरी रहेको बताएका छन् । देशवासीका नाममा सम्बोधन गर्दै जोनसनले यो चरणमा यदि विज्ञानद्वारा समर्थन प्राप्त भए पसलहरू खोलिने बताए । आगामी चरणमा केही पर्यटन उद्योगहरू पनि खुल्न सक्नेछन्। तर जुलाई १ अघिसम्म ती बन्द रहनेछन्।

जोनसनले यी चरणहरू लकडाउन खोल्ने योजनाको पहिलो खाका भएको बताए। उनले यो साता लकडाउन समाप्त गर्ने समय भने होइन भन्दै त्यसको साटो उपायहरूलाई सावधानीपूर्वक परिवर्तन गरिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV