२९ बैशाख २०७७, सोमबार

काठमाडौं, २९ बैशाख । नेपाली कांग्रेसकी नेतृ सुजता कोइरालाले छिमेकी राष्ट्र भारतसँगको सीमा विवाद समस्या समाधानको नेतृत्व लिन आफू तयार रहेको बताउनुभएको छ ।

File Picture

सोमबार (आज) संघीय संसदको अन्तर्राष्ट्रिय समितिमा नेतृ कोइरालाले लिम्पियाधूरा, कालापानी र लिपुलेकबारे भारतसँग वार्ता गर्नका लागि आफू तयार रहेको बताउँदै आफ्नो नेतृत्वमा वार्ता टोली गठन गर्न प्रस्ताव गर्नुभएको हो ।

नेतृ कोइरालाले यस समस्याको समाधान आफूले गर्नसक्ने बताउदै भारतसँग सीमाबारे वार्ता गर्नुपर्ने बताउनुभयो । त्यस्तै, बंगलादेशसँग बन्दरगाह लिएर त्यतापट्टी पहुँच बढाउनुपर्ने पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV