२९ बैशाख २०७७, सोमबार
  • माधब गैह्रै

स्याङजा, २९ वैशाख । विश्वभर फैलिएको कोभिड- १९ को रोकथामका लागि स्याङ्जाको वालिङ नगरपालिकाले स्थापना गरेको ‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’मा सहयोग गर्ने दाताहरुको संख्या बढ्न थालेको छ ।

वालिङ नगरलाइ कोरोनामुक्त बनाउन अतिआवश्यक सामग्रीको आवश्यकता रहेको भन्दै विभिन्न दाताहरुबाट सोमबारसम्म काेषमा ३६ लाख २९ हजार ४ सय २० संकलन भएको हो ।

१४ वटा वडा रहेको नगरपालिकामा दैनिक ज्यालादारी, गुजारा र सडक जीवन बिताइरहेकाहरुलाई खाद्यान्न तथा राहत उपलब्ध गराउने उद्देश्यले यो राहत कोष स्थापना गरिएको वालिङ नगर प्रमुख दिलिप प्रताप खाँडको भनाइ छ ।

कोषमा नगद २५ लाख, ९४ हजार ६ सय ५ र खाद्यान्न १० लाख ३४ हजार ८ सय १५ बराबरकाे गरी कूल रु. ३६ लाख २९ हजार ४ सय २० संकलन भएको वालिङ नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV