२८ बैशाख २०७७, आईतवार
  • राजन परियार

सिन्धुली २८, वैशाख । सिन्धुलीमा एक हजारको नक्कली नोट फेला परेको छ । जिल्लाको कमलामाई नगरपालिका ५ मधुटारस्थित रायमाझी किराना स्टोर्समा आइतबार ख ५३–६५३८२१ नम्बर नक्कली नोट फेला परेको हो ।

पसलमा कारोबारका गर्दा कसले दियो थाहा नभएको पसल सञ्चालक इन्दिरा रायमाझीको भनाइ छ । पसलमा सामान खरिद गर्न आएको अर्को मान्छेलाई दिन खोज्दा नोटलाई नियालेर हेर्दा नोट नक्कली भएको थाहा उनले बताए ।

सक्कली झै देखिने नक्कली नोट आकार र रङ उस्तै देखिएपनी उक्त नोटमा टाँसिएको टल्किने वस्तु साधा रहेको छ । नोटमा कामु गभर्नरमा हस्ताक्षर मिलेको देखिदैन, गभर्नर लेखिएको ठाउँ टल्कने बस्तुले छोपिएको छ । उक्त नक्कली नोट हेर्दा धेरै पुरानो देखिएपनि सगरमाथाको फोटो प्रष्ट देखिने तर आकृति भने धमिलो देखिएको छ ।

जिल्लामा नक्कली नोट फेला परेसङ्गै नक्कली नोटको अवैध कारोबार गर्नेको खोजी गरिने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV