
- सुवास शर्मा
पर्वत, २८ बैशाख । पर्वतमा कोरोना भाइरस (कोभिड १९) को आशंका लागेका ४ सय ८८ जनाको स्बाव संकलन गरि परीक्षण गरिएकाे छ । जिल्ला अस्पताल पर्वतका प्रमुख डाक्टर शिशिर देवकोटाका अनुसार आइतबारसम्ममा जिल्लामा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
जिल्लमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिमार्फत ३ सय ९३ जना र पिसीआर बिधिमार्फत ९५ जनाको कोरोना भाइरस परीक्षण देवकोटाले जनाकारी दिनुभयो । पछिल्लो समय भारत तथा तेस्रो मुलुकबाट जिल्ला भित्र आएकाहरुको र संकास्पद सबै नागरिकको स्वाब संकलन गरि परीक्षण गरिएको हो ।
पर्वतमा कोरोना भाइरसको विरामीका लागि उपचार गर्ने कोराेना विशेष अस्पताल बनाइएको र कोराेना आशंकाका बिरामी सोही अस्पतालमा उपचार गराउँदै आएको प्रमुख डाक्टर देबकोटाले जानकारी दिनुभयो ।