२८ बैशाख २०७७, आईतवार
  • शितल भट्ट

बेलाैरी, २८ बैशाख । कञ्चनपुरमा वन्यजन्तु निलगाई मृतावस्थामा भेटिएको छ । गएराति पुनर्वास नगरपालिका वडा नं १ मा एक निलगाई मृत अवस्थामा भेटिएको कुण्डा सब-डिभिजन वन कार्यालय पचकडियाका सहायक वन अधिकृत दिनेश कुमार यादवले बताउनुभयाे ।

अधिकृत यादवका अनुसार बन्धातालको उत्तरकाँडे तारले घेरिएको क्षेत्रमा (भाले) निलगाई आँखामा घाउ र तारले खुट्टा चिरिएको अवस्थामा मृत फेला परेको हाे ।

उक्त निलगाईलाई स्थानीय र सशस्त्र प्रहरीको रोहबरमा खाल्डोमा गाडिएको छ । निलगाई भारतीय वनक्षेत्र बाट सिकारीहरुले लखेटेर घाइते बनाएको हुन सक्ने स्थानीयहरुको ठहर छ । नजिकैकाे भारतीय जङ्गलमा भारतीय सिकारीहरुकाे बिगबिगी बढेकाले बेलाबेलामा वन्यजन्तु ज्यान जाेगाउन कहिलेकाहीँ नेपालतर्फ अाउने गरेकाे उनीहरू बताउँछन् ।

भारतीय सिकारीकाे निसानाबाट भाग्न सफल भए पनि गहिरो चाटाेका कारण निलगाईले ज्यान गुमाउनुपरेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV