२७ बैशाख २०७७, शनिबार
  • अभिमन्यु लामीछाने

उदयपुर, २७ बैशाख । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दोस्रो पटक संकलन गरिएको स्वाब परीक्षण गर्दा शनिबार थप एकजनामा संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएकी महिला ४३ वर्षीया रहेको जिल्ला स्वास्थ कार्यलयले जानकारी दिएको छ।

आज मात्र यससँगै थपिएका संक्रमितको संख्या ४ पुगेको छ । शनिबार बिहान मात्र तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

तीनैजना महिला विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र लगिएको छ।

शनिबार बिहान संक्रमण पुष्टि भएका तीन मध्ये दुईजनाका श्रीमानलाई यसअघि कोरोना संक्रमण देखिएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीकाअनुसार दुई जना संक्रमित व्यक्तिका श्रमिती हुन् ।

उदयपुरमा आज थप चार जनामा संक्रमण पुष्टि भए सँगै ३२ जना पुगेका छन भने १४ जना उपचार पछि निको भएर फर्की सकेका छन।

हालसम्म नेपालमा कोरोना संक्रमितहरुको संख्या ११० पुगेको छ । जसमध्ये ३१ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV