२७ बैशाख २०७७, शनिबार
  • मनोज श्रीवास्तव,

कपिलवस्तु, २७ बैशाख । कपिलवस्तु नगरपालिका–१ आनन्दबागस्थित होटल एरोमा इनमा एक जना भारतीय मृत अवस्थामा फेला परेका छन ।

२ महिनादेखि उक्त होटलमा बस्दै आएका भारतको राजस्थानका ६० बर्षीय निर्भय सिंह मृत अवस्थामा फेला परेका हुन ।

शनिवार बिहान ११ बजेतिर होटलमा उनी मृत अवस्थामा फेला परेका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताउनुभयो ।

घटना स्थलमा प्रहरी पुगेर मुचल्का बनाएको र शवलाई कपिलवस्तु अस्पतालमा पोस्टमर्टमका लागि लैजाने तयारी भएको उहाँले बताउनुभयो ।

कामको सिलसिलमा मृतक सिंह होटलमा बस्दै आएका थिए । यस विषयमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मल्लले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV