२७ बैशाख २०७७, शनिबार
  • केदार शर्मा,

चितवन, २७ बैशाख । चितवन प्रहरीले रत्ननगर नगरपालिकाको सबारी साधन दुरुपयोग गरेको भन्दै नगरपालिकाले आफ्नो सबारी तत्काल फिर्ता गर्न आग्रह गरेको छ ।

नगरपालिकाले सीमित अवधिको लागि सवारी दिएकोमा प्रहरीले बिशेष अप्रेसनको बहाना बनाएर शुक्रबार नगरपालिका भित्र रहेको गाडी प्रहरीले निकालेर लगेको थियो ।

प्रहरीलाई नगरपालिकाले लकडाउनको अवधिमा सहज होस भन्ने हेतूले दिएको भएपनि प्रहरी भने बिशेष अप्रेसन भन्दै राप्ती नगरपालिका पुगेको थियो ।

भण्डारा ईलाकाको एरियामा पर्ने स्थानामा पुगी रत्ननगर ईलाकाका प्रहरी पुगेर नगरपालिकाको गाडीमा गाँजा ल्याएको थियो । प्रहरी अधिकारीका अनुसार उक्त अपे्रसन रत्ननगर ईलाकाले गर्ने भन्ने बिषय थाहा भएको भएपनि सबारी साधन कुन प्रयोग भएको छ भन्ने थाहा भएको थिएन् ।

नगरपालिकाको रातो रंगको बा १२ च २७१ नम्वरको गाडीमा गाँजा ल्याउदै गरेको कुरा स्थानीयले थाहा पाएपछि शुक्रबार राति उत्त गाडीलाई राप्ती ५ चौकी डाँडाँमा स्थानीयले रोकेका थिए ।

स्थानीयहरुले नगरपालिकाको गाडी प्रयोग गरेर प्रहरी आँफैले गाँजा तस्कर गर्न खोजेको आरोप लगाएका छन् । आक्रोशित स्थानीयहरुले उक्त गाडी रोकि सोधपुछ गर्ने क्रममा प्रहरीसँग झडप समेत भएको थियो ।

स्थानीयहरुले प्रहरीले ल्याएको केहि गाँजा बाटोमै गायब भएको भन्दै आक्रोश पोखिरहेको बेला प्रहरीले प्रहरीले १ राउण्ड हवाई फायर समेत गरेको थियो ।

प्रहरी र स्थानीयको झडपमा गाँजा बोकिरहेको गाडी समेत तोडफोड भएको छ । नगरपालिकाको अनुमति नलिई कार्य क्षेत्र भन्दा बाहिर अन्य प्रयोजनका लागि गाडी प्रयोग गरेको भन्दै असन्तुष्टि जनाउँदै गाडी फिर्ता तत्काल फिर्ता गर्न आग्रह गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेलले सो सवारी साधन पूर्ववत अवस्थामानै प्रहरीले अविलम्व फिर्ता गर्न निर्देशन दिएका छन् ।

प्रहरीले राप्ती नगरपालिकाको वडा नम्वर १२ धनमांग गौरी भन्ने स्थानमा ठूलो परिणामामा गाँजा लुकाई छिपाइ राखेको सूचनाको आधारमा गएको भएपनि उत्त स्थानमा ३४ केजी मात्रै गाँजा फेला पारेको बुझिएको छ ।

प्रहरीले उत्त स्थानबाट ठूलै परिणाममा गाँजा फेला पारेको भएपनि मिलेमतोमा समातेको देखाउने मात्रै प्रपञ्च रचेको स्थानीयले आरोप लगाएका छन् ।

प्रहरी आँफैले गाँजा तस्कर गरेको भन्दै आरोप लगाउने व्यक्तिलाई समेत प्रहरीले पक्राउ गरेको छ । एक प्रहरी अधिकारीले प्रहरीको मिलेमतो भयो भन्ने एक युवालाई नियन्त्रणमा लिएर अनुषन्धान अगाडि बढाएको बताएका छन् ।

राप्ती नगरपालिकाको वडा नम्बर १० कोरोका बाट समेत शशस्त्र प्रहरीले केहि दिन पहिले ५३ केजी गाँजा भेटाएको थियो । शशस्त्र प्रहरीले बोरामा प्याक गरिरहेको अबस्थामा गाँजा भेटाएको भएपनि ओसार पसारमा संलग्नहरु कोहि फेला नपरेको बताएको छ ।

राप्ती नगरपालिकाको ग्रामीण क्षेत्रमा बिघौ बिघा क्षेत्रमा गाँजा खेती हुदै आएको छ । यसरी भएको गाँजा खेती प्रति चितवन प्रहरी बेला बेलामा पुग्ने गरेको भएपनि नष्ट गर्न भने असफल हुदै आएकोे छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV