२७ बैशाख २०७७, शनिबार
  • मनोज श्रीवास्तव,

कपिलवस्तु, २७ बैशाख । शुक्रबार सिंहदरबार अगाडि चिनिया नागरिकहरुले नेपाल प्रहरीमाथि गरेको अभद्र व्यवहार गरेको भन्दै कपिलवस्तुको जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन गरिएको छ ।

स्थानीय युवाहरुले ‘प्रहरी हाम्रो स्वाभिमान हुन्’, ‘प्रहरीको स्वभिमान र मनोबल रक्षार्थ राज्य गम्भीर हुनुपर्ने’लगायतका प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

शुक्रबार दिउसो लकडाउनको निषेधित क्षेत्र तोडेका ३० जना भन्द बढी चिनिया नागरिकलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा झडप भएको थियो ।

उक्त झडपमा चार जना चिनिया नागरिक घाइते भएका थिए, भने केही नेपाल प्रहरी पनि घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV