२७ बैशाख २०७७, शनिबार

काठमाडौं, २७ वैशाख । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतले हालै नेपाली भूमि लिपुलेकमा बनाएकाे सडकप्रति आपत्ति जनाएका छन्

शुक्रबार भारतले नेपाली भूमि लिपुलेक हुँदै तिब्बतकाे मानसरोवरसम्म पुग्ने बाटोकाे उद्घाटन गरेकाे थियाे । प्रवक्ता श्रेष्ठले याे कार्यकाे भर्त्सर्ना गरेका छन् ।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले नेपाली भूमिमाथि भारतले गरेको अतिक्रमण सैह्य नरहेकाे भन्दै यसका लागि सरकारले तुरुन्त कदम चाल्नुपर्ने ट्विटरमार्फत माग गरेका छन् ।

उनले ट्वीटरमा भनेका छन्, ‘भारतले अनधिकृतरुपमा कब्जा गरेको र आफैँले समेत विवादित भनी स्विकार गरेको पश्चिम सिमाक्षेत्रको नेपाली भूमिमा सडक बनाएर हिँजो उदघाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भर्त्सना गर्दछु । हामी सबै कोरोनाविरुध्द लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणको विरुध्द सरकारले तु कदम चालोस् ।’

प्रतिक्रिया दिनुहोस्
LIVE TV