२६ बैशाख २०७७, शुक्रबार

एजेन्सी, २६ वैशाख । पाकिस्तानमा लकडाउन खुकुलो बनाउने भएको छ ।

पाकिस्तानले कोरोना भाइरसको प्रसार रोक्ने उद्देश्यले जारी देशव्यापी लकडाउनलाई भोलि शनिबारदेखि खुकुलो बनाउँदै लैजाने घोषणा गरेको छ ।

कोरोना संक्रमितको संख्या निरन्तर बढेपनि आमजनताको दैनिक जीवन थप कष्टप्रद हुँदै गएपछि सरकारले लकडाउनलाई खुकुलो बनाउन लागेको हो ।

प्रधानमन्त्री इमरान खानले बिहीबार लकडाउनलाई खुकुलो बनाउने तयारी गरिएको जानकारी दिँदै लकडाउनबाट आम मजदूर, साना व्यवसायी र सर्वसाधारण जनतालाई बढी नै समस्या परेको बताएका छन् ।

पाकिस्तानमा कोरोना संक्रमितको संख्या २६ हजार ४ सय ३५ पुगेको छ । भने ५ सय ९९ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV