२६ बैशाख २०७७, शुक्रबार

काठमाडौं,२६ बैशाख । १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले दृष्टिविहीनहरुलाई शुक्रबार खाद्यान्न सहयोग गरेकी छिन् ।

कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण उनीहरु निकै कठिनाईमा परेका थिए । कीर्तिपुरस्थित नगाँउमा रहेका ३५ दृष्टिविहीनलाई सोही ठाँउ पुगेर आयशाले खाद्यान्न वितरण गरेकी थिइन् ।

राहतमा प्रति परिवार १० केजी चामल, दाल १ केजी, चिउरा १ केजी, तेल १ लिटर, नुन १ केजी, भुजा १ केजी र चाउचाउ ४ प्याकेट रहेको छ । सागमा पदक जितेवापत सरकारले हालै नगद पुरस्कारबाट सम्मानित गरेपछि आयशाले सोही रकमबाट सहयोग गरेको बताइएकी छिन् ।

‘अन्य खेलाडीहरुले पनि यो कठिन अवस्थामा सहयोग गर्नुभइरहेको छ, आयशाले भनिन ‘ आफुले सक्दो सहयोग गर्नुपर्दछ भन्ने मलाई पनि लागेको छ । ’ त्यसमाथि दृष्टिविहीनहरुलाई सहयोग गर्न पाउँदा थप आनन्द महसुस गरेको पनि उनको भनाइ छ ।

एसियाली खेलकुदकी कास्य पदक विजेता समेत रहेकी आयशाले मंसिरमा स्वदेशमा आयोजनामा भएको १३ औं सागको तेक्वान्दोको पुम्सेमा दोहोरो स्वर्ण पदक जितेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV