२६ बैशाख २०७७, शुक्रबार

एजेन्सी, २६ वैशाख । ब्राजिलमा भाइरसको संक्रमण रोकथामका लागि लगाइएको लकडाउनबारे राजनीतिक विवाद गहिरिँदै गएको छ । राजनीतिक विवाद गहिरिँदै गएको समयमा एकै दिनमा ६ सय बढिको ज्यान गएको छ ।

ब्राजिलमा कोरोनाभाइरसबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या ९ हजार १९० पुगेको छ । त्यहाँ हालसम्म संक्रमितको संख्या एक लाख ३५ हजार ७७३ पुगेको छ । तर सरकार भने देशको अर्थिक स्थितिको चिन्त गर्न थालेका छन् ।

देशमा लकडाउन बढाएमा राष्ट्रपति जाइर बोल्सोनारुको सरकारले मेयर र क्षेत्रीय गभर्नरले लकडाउन जारी राखेमा देशको अर्थतन्त्र ध्वस्त हुने चेतावनी दिएको छ।

अर्थमन्त्री पाउलो गेदेजले ब्राजिलका नागरिकहरूले केही महिनाभित्र खाद्यान्नको अभाव र सामाजिक अशान्तिको सामना गर्नुपर्ने बताएको बीबीसीमा उल्लेख छ ।

ब्राजिलमा कोरोनाबाट अझै पनि धेरै जनाको मृत्यु हुन सक्ने विज्ञहरूले चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
LIVE TV