२६ बैशाख २०७७, शुक्रबार

काठमाडौं, २६ बैशाख । नेपाली काँग्रेसका सभापति एवं विपक्षी दलका नेता शेरबहादुर देउवाले संविधानको रक्षार्थ सबै सचेत हुनु पर्ने आवश्यकता औल्याउनु भएको छ ।

आजदेखि सुरु भएको प्रतिनिधिसभाको बजेट अधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले कोरोना भाइरसविरुद्ध मुलुक संघर्षरत रहेको जटिल अवस्थामा पनि नेपालमा भने संविधान विपरित क्रियाकलाप भएको बताउनु भयो ।

उहाँले संविधानको मर्म विपरित हुने गरी अध्यादेश ल्याउनु, सांसदको अपहरण गरिनु र विपक्षी दलहरुको हैसियत भूमिकाविहीन बनाउने प्रयास हुनुले सरकारको नियत प्रष्ट भएको भन्दै सबै वर्गलाई संविधानको रक्षार्थ सचेत बन्न आग्रह गर्नु भयो ।

कोरोना भाइरसको महामारीविरुद्ध मुलुक एकढिक्का भएर जुट्नु पर्ने बेलामा सरकार र सत्तारुढ दलले देखाएको चरित्र र व्यवहार दुःखद भएको भन्दै सभापति देउवाले परीक्षणको दायरा बढाउन नसक्नु र परीक्षणको विश्वसनीयतामा समेत प्रश्न उठनु सरकारको कमजोरी भएको आरोप लगाउनु भयो ।

उहाँले कोरोनाको संघर्षविरुद्ध सरकारलाई सहयोग गर्न नेपाली काँगेस तत्पर रहेको बताउँदै कोरोनाका कारण समस्यामा परेका वर्गहरुलाई राहतको प्याकेज ल्याउन पनि सरकारलाई आग्रह गर्नु भयो ।

कांग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको सम्बोधनको पूर्ण अंश

  • माननीय सभामुख महोदय,

कोरोनाको विश्वब्यापी महामारीबाट नेपाल र नेपालीको रक्षा गर्न हालसम्मका प्रयासहरुको गहिरो समिक्षा गर्दै विशेष रणनीति निर्माण र कार्यान्वयन गर्न गराउन यो संसद सफल हुनैपर्ने इतिहासकै बिशेष अभिभारा म शुरूवातमै सबैलाई स्मरण गराउन चाहन्छु ।

श्रद्धाञ्जली र समवेदना

कोरोना भाइरस अर्थात कोभिड १९ का कारण संसारका विभिन्न देशमा जीवन गुमाएका नेपालीहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु । साथै कोरोनाका कारण जीवन गुमाएका विश्वभरिका सबै मानवको आत्माको चिरशान्तिको कामना गर्दछु ।

स्वास्थ्यलाभ कामना

कोरोना संक्रमित भई उपचाररत नेपाल भित्रका सबै नेपाली र विभिन्न देशमा रहेका ३ हजार भन्दा बढी नेपालीको सिध्र स्वास्थ्यलाभको कामना गर्दछु ।

उच्च सम्मान र कदर

पर्याप्त स्वास्थ सामग्री अभावका बावजुद उच्च मनोबल र उच्च मानवीय भावना साथ ‘फ्रन्ट लाईन’ मा कार्य गरिरहनु भएका सबै आदरणीय स्वास्थकर्मीको उच्च कदर गर्दै उच्च सम्मान प्रकट गर्दछु । यसरी नै अहोरात्र जिम्मेवारी निभाइरहेका सुरक्षाकर्मी, संचारकर्मी एवं सफाईको क्षेत्रमा निरन्तर कार्य गरिरहेका सफाइकर्मीको प्रशंशा गर्दै श्रद्धा प्रकट गर्दछु ।

जनताको धैर्यको प्रशंसा

कोरोनाका कारण उत्पन्न अनेक जटिलता असिम धैर्य साथ सामना गरिरहनु भएका स्वदेश र विदेशका समस्त नेपाली दिदीबहिनी दाजुभाइको धैर्यको प्रशंसा गर्दै आजको परिस्थितिलाई संयम र एकता साथ सामना गर्न यो सम्मानित संसद मार्फत अपिल गर्दछु ।

प्रतिपक्षको सहयोग र खबरदारी

कोरोनाको यो संकटका बेला ‘सरकारमा संगै नरहेर पनि संकटमा संगै लड्न सकिन्छ’ भन्ने राष्ट्रिय एकताको भावनाले प्रतिपक्षी दल नेपाली कांग्रेसले कार्य गरिरहेको छ ।

नेपाली काँग्रेसले पार्टीको सबै तहका नेता तथा पार्टी सदस्यलाई कोभिड १९ को नियन्त्रण र निर्मूल गर्न आ(आफ्नो तर्फवाट निरन्तर कार्य गर्न आव्हान गरेको छ र सबै साथीहरुले जिम्मेवारीपूर्वक कार्य गरि रहनु भएको छ ।

कोरोनाबाट नेपाल र नेपालीको रक्षा गर्ने बिषयमा सरकारलाई हरसंभव सघाउने तर बेथिति, भ्रष्टाचार र अधिनायकवादी नियत विरुद्ध निरन्तर लड्ने यी दुई नितिलाई हामी निरन्तरता दिनेछौं ।

राहतको ब्यवस्थित प्याकेज ल्याउन माग

  • लक डाउनले श्रमिक, बेरोजगार र विद्यार्थीलाई सबैभन्दा संकटमा पार्‍यो । सरकारले पर्याप्त राहत नदिंदा हजारौं श्रमिक पैदल हिंडेर गाउँ फर्किए ।
  • न खान दिने न गाउँ जान दिने, सरकारको यस्तो ब्यवहारले जनतालाई आहत तुल्यायो । कोरानाका कारणले रोजगारी गुमेका र राज्यवाट सहज रुपमा तत्काल राहत पाउनु पर्ने व्यक्तिले राहत पाउन सकेका छैनन् ।
  • सुकुम्बासीलाई जाउलो पुर्‍याउने तत्कालीन दायित्व बिर्सेर सरकारले यो बेला सुकुम्बासी आयोग गठन गर्नुको कुनै तर्क थिएन ।
  • श्रमिक, बेरोजगार, कृषक, डेरा बस्ने विद्यार्थी, पत्रकार, मिडिया हाउस, पर्यटन ब्यवसायी देखि साना ब्यापारी हुंदै उद्योगी

LIVE TV