२६ बैशाख २०७७, शुक्रबार
  • शीतल भट्ट,

कञ्चनपुर, २६ बैशाख । पचास रुपैयाँ बालिकाको हातमा थमाई “कसैलाई नभन्नु ल“ भन्दै कञ्चनपुरमा एक बृद्धले बालिकालाई जबरजस्ती करणी गरेको घटना सार्वजनिक भएको छ ।

सरकारले लकडाउन गरेकै समयमा गत बैशाख ०२ गते कञ्चनपुरकी एक बालिकामाथि करणी भएपनि घरमा ढिलोगरि बताएपछि घटना ढिलै गरी बाहिरिएको हो ।

भीमदत्त नगरपालिका–११ भुजेलाका ६८ बर्षीय बृद्धले १५ बर्षीया बालिकालाई करणी गरेका हुन् । ती बालिकामाथि गिद्दे नजर लगाउने बृद्ध अहिले प्रहरी फन्दामा परेका छन् ।

उनले बालिकालाई ५० रुपैयाँ दिएर करणी गरेको खुलेको छ । पीडक पक्षले घटना मिलाउन पीडित (बालिका) पक्षलाई दश लाख दिन खोजेपछि प्रहरीले घटना मिलाउन दिएको छैन् ।

पीडक पक्षले पीडित पक्षलाई दिएको १० लाखको चेक समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

बालिकाले केही अधिकारकर्मीसंग बलात्कार गरेपछि “कसैलाई नभन्नु ल भनेर ५० रुपैयाँ“ दिएको बताएकी छिन् । दुई बीस रुपैयाँको नोट र एक दशको नोट दिएर कसैलाई नभन्नु भनेको बालिकाले बताएकी छिन् ।

भित्र लगेर बृद्धले ‘आफ्नो कपडा र मेरो कपडा खोलेर करणी’ गरेको बताएकी छिन् ।

‘बृद्ध बालिकाका नातेदार समेत रहेको खुलेको छ, ‘बालिकाका आफन्तले भने, ‘सोच्दै नसोचेको घटना भयो ।’

घरायासी कामकाजले बालिका बृद्धको घरमा पुगेको बेला र सबै गहुँ काट्न गएको मौकामा बृद्धले आफ्नै घरमा बालिकालाई बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

पीडित पक्षले बताएपछि बलात्कारी बृद्धको नाममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा किटानी दिएका थिए ।

बृद्धबिरुद्ध जबरजस्तीकरणी उद्योगमा दिएको किटानीका आधारमा कञ्चनपुर प्रहरीले बृद्धलाई भोलिपल्टै नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटना बारे अनुसन्धान भईरहेको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता रबीन्द्र पौडेलले तारा ओझा नाम गरेका बलात्कारी बृद्धलाई नियन्त्रणमा लिएर अनुसन्धानको काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।

पीडक पक्षले पीडितलाई घटना मिलाउन दिएको चेक पनि नियन्त्रणमा लिएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV