२६ बैशाख २०७७, शुक्रबार
  • दानबहादुर बुढा

मुगु, २६ बैशाख । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण नेपाल पूरै लकडाउनमा छ । मुलुकमा १ सयभन्दा बढीमा यसको संक्रमण भेटिएको छ । नेपाली जनतामा कोरोना कहरले छाडेको छैन् । तर यतिबेला मुगुको कृषकहरुलाई भने जौँ र गहुँ टिप्न चटारो भएको छ ।

गएको चैत्र ११ गते बाट कोरोना भाइरस रोक थाम तथा नियन्त्रणको लागि सरकारले देश भरी ब्यापकरुपमा लकडाउन घोषणा गरेपनि मुगुका लकडाउनको कुनै प्रवाह नगरी खेत बारीमा लगाएको जौँ र गहुँ टिप्न हिजो-आज निकै चटारो छाएको छ ।

प्रत्येक बर्ष कार्तिक-मंसिरमा खेत बारीमा लगाएको जौं गहुँ बाली बैशाख महिनाको दोस्रो हप्तामा पाक्ने हुँदा यहाँका किसानहरु अहिले सहजै रुपमा बाली उठाइरहेका छन् । उनीहरुलाई कोरोना भाइरसको कुनै मतलाव छैन् ।

लकडाउनका कारण यातायातका सबै साधनहरु बन्द भएका छन् । समयमा जै गहुँ नटिपे के खाने । यो बर्ष नियमित आकारबाट पनि परिरहेको छ । ढिलो भयो भने खेतमा नै उम्रेन सक्ने सम्भावना भएको हुँन्छ । लकडाउन भएपनि बाध्य भएर जै गहुँ टिप्नु परेको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ५ का कृषक रामराज कार्की बताउछन् ।

‘बिगतका बर्षहरुमा सबै जौँ, गहुँ पाकेपछि खेत बारी सुन जस्तै टल्कीने हुन्थो । खेत बारीमा गएर घर परिवार छरछिमेकीहरु रमाई रमाई टिप्ने गरिन्थो यो बर्ष लगडाउनको कारण चिन्ता मान्दै कमामगर्नु परेको छ । कोरोनाका कारण घरभित्र थन्काएका अन्न बाली पनि खान नपाइने होकी भन्ने चिल्ता लागेको छ’ – रोरु गाँउ पालिका वडा नम्बर ३ का कृषक सपुरा धामी बताउछिन् ।

मुगु जिल्लाको कुल क्षेत्रफल ३ लाख १० हजार ३ सय १० हेक्टर मध्ये कृषि योग्य जमिनको क्षेत्रफल १८हजार ४ सय २१ हेक्टर छ ।

जसमा सबैभन्दा मुगु जिल्लामा रहेका कृषकहरुले जै गहुँ बढी लगाउर्ने भएको हुँदा यो वर्ष आकाशे पानी धेरै(नियमित) परेको हुँदा राम्रोसंग जौँ गहुँ पाकेका छन् । घाम पारिलो लाग्ने ठाउँमा राम्रोसंग पाकेका छन् ।

लकडाउनको कारणले हुन सक्छ हिजो आज कृषकहरु हतार हतार गरेर अन्नबाली घर भित्र थन्क्याउनको लागि जुटिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV