२५ बैशाख २०७७, बिहीबार
  • निमेन्द्र शाही

बाजुरा २५ वैशाख । बाजुरामा भिरबाट लडेर एक जना महिलाको ज्यान गएको छ । ज्यान जानेमा हिमाली गाउँपालिका ६ की ३६ वर्षीया रुबकली रोकाया रहेकी छन् ।

रोकायाको लडरे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रहरी निरिक्षक दानबहादुर रोकायाले जानकारी दिएका हुन् ।

विहीबार दिउँसो घाँस काट्न जाँदा रोकायाको भिरबाट लडेर घटना स्थलमै ज्यान गएको प्रहरीले बताएको छ । घटनाबारे खबर पाउने वितिकै प्रहरी चौकी धुलाचौरबाट प्रहरी टोली घटनास्थलमा गएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV