२५ बैशाख २०७७, बिहीबार
  • भगतराम थारु,

नेपालगञ्ज, २५ बैशाख । बाँकेमा भोलिदेखि जारी लकडाउनलाई केही खुकुलो बनाइने भएको छ । आज सरोकारवाला निकायसँग बसेको बैठकले भोलि ११ बजेदेखि ३ बजेसम्म बजार व्यवसायलाई खुकुलो बनाउने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार भोलि २६ गतेदेखि जिल्लामा अत्यावश्यक सेवा सञ्चालनमा रहने र दैनिक उपभोग्य बस्तु विक्री वितरणका लागि पसल तथा बजार पनि ४ घण्टाका लागि सञ्चालनमा आउने भएका छन् ।

अत्यावश्यक काममा बाहेक कोही पनि घर बाहिर ननिस्कने, सवारी अनुमति प्राप्त र अत्यावश्यक बस्तु तथा सेवामा प्रयोग हुने बाहेकका कुनै पनि सवारी साधान सञ्चालन नगर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले विज्ञप्तीमार्फत् जानकारी गराएका छन् ।

यता नेपालगञ्जको रानीतलाउ, त्रिभुवनचोक र वीपी चोकमा रहेका सब्जी मण्डी अर्को निर्णय नभएसम्मका लागि बन्द रहने जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV