२५ बैशाख २०७७, बिहीबार

काठमाडौं , २५ बैशाख । नेपालमा आज पुनः दुई जना कोरोना संक्रमित फेला परेका छन् ।

कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएपछि नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कपिलवस्तु स्थित टिभी जर्नलिष्ट मनोज श्रीवास्तवका अनुसार कपिलवस्तु,मायादेवी गांउपालिका वडा नम्बर ८ निवासी संक्रमित दुबैजना गाउँपालिकाको क्वारेन्टाइनमा रहदै आएका थिए ।

उनीहरुलाई अहिले क्वारेन्टाइनबाट बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा लैजाने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV