२५ बैशाख २०७७, बिहीबार
  • घनश्याम मिश्र

जनकपुरधाम, २५ बैशाख । कोरोना महामारी विरुद्धको लड़ाईमा अग्रपंक्तिमा काम गर्नेहरुको सम्मान स्वरूप जनकपुरमा युवाहरुले दीप (मैन बत्ती) प्रज्ज्वलन गरेको छ ।

बुद्ध जयन्तीको अवसर पारेर जनकपुरका युवाहरुले जनकपुरधाम ८ स्थित रामानन्द चोकमा मैनबत्ती प्रज्ज्वलन गरेका हुन् ।

रामानन्द चोकको प्रमुख द्वार रामानन्द स्मारक तल झन्डै तीन दर्जन बढ़ी युवाहरुले राष्ट्रिय झण्डा फहराउदै राष्ट्रिय गान बजाएर कोरोना विरुद्धको लड़ाइको अग्रपंक्तिमा कार्य गर्दै आएकाहरुको सम्मानमा दीप प्रज्वलन गरेको हो ।

‘जो जो यस महामारी विरुद्धको लड़ाईमा अग्रस्थानमा छन उहाँहरुको सम्मान मनोबल बढाउने काम गरेका हौं ’ स्थानीय युवा अनुश पाण्डेयले न्यूज २४ लाई बताउनु भयो ।

पाण्डेयले अगाडि भन्नुभयो, ’आज बुद्ध जयन्ती पनि भएको र प्रधानमन्त्री स्वयंले पनि दीप प्रज्ज्वलन गर्न भन्नु भएकोले दीप प्रज्ज्वलनको कार्यक्रम आयोजन गरेका हौ ।’

स्थानीय युवा खेलाड़ी शोभाकांत पाण्डेयका अनुसार यो बेला कोरोना विरुद्धको लड़ाईमा आफ्नो ज्यानको परवाह नगरी स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लागिपरेकोले उहाँहरुको सम्मानमा कार्यक्रमको आयोजना गरिएको हो ।

दीप प्रज्ज्वलन कार्यक्रममा मैथिली विकाषको अध्यक्ष जीवनाथ चौधरी , तरुण दलका पंकज महतो , स्थानीय युवा अगुवा सहित ठूलो संख्यामा जनकपुरवासी युवाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV