२५ बैशाख २०७७, बिहीबार

एजेन्सी, २५ वैशाख । बेलायतमा युरोपियन देशहरु मध्य कोरोना भाइरसको संक्रमणबाट धेरै जनाको ज्यान गएको छ । जब मंगलबार गम्भीर तथ्यांक सार्वजनिक भयो , त्यसपछि बेलायतका विदेश सचिव डोमिनिक राबले यसलाई ठूलो त्रासदीको रुप भएको बताएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म बेलायतमा ३० हजार ७६ जनाको ज्यान गइसकेको छ । जुन युरोपियन देशको पहिलो स्थानमा पर्छ । त्यस्तै धेरै ज्यान जानेको दोस्रोमा इटाली पर्छ जहाँ २९ हजार ६ सय ८४ जनाले ज्यान गुमाएका छन् ।

इटालीपछि स्पेन र फ्रान्समा कोरोना भाइरसबाट धेरै जनाको ज्यान जानेको तथ्यांक रहेको छ । स्पेनमा अहिलेसम्म २५ हजार ८ सयले ज्यान गुमाएका छन भने फ्रान्समा २५ हजार ५ सय ३१ जनाको ज्यान गएको छ ।

केही वैज्ञानिकहरुले बेलायतमा कोरोनाबाट सबै भन्दा बढीको ज्यान जानुको कारण अन्य युरोपियन देशहरु भन्दा ढिला लकडाउन गर्नु नै रहेको विश्वास गरेका छन् । बेलायत जर्मनी, आयरल्याण्ड, इटली,र स्पेनमा भन्दा पछि लकडाउनमा गएको थियो ।

इटाली स्पेनले बाहिरी गतिविधिहरु सबै बन्द गरिसकेको थियो तर बेलायतमा भने यो कामय थियो । जसको कारण आज बेलायतले कोरोनाबाट धेरै जना गुमाउनु परेको हो । इटालियन सरकारी वैज्ञानिक वाल्टर रिक्किअर्डीले

बेलायतले १० दिन अगाडि नै लकडाउन गर्नुपथ्र्यो भन्ने निष्कर्ष निकालेका छन् ।
बेलायतले फेब्रुअरी १५ मा कोरोना केस फेला परेको थियो र मार्च १२ मा कोरोना रोकथाम गर्ने नीति नियम बनेको थियो । तर फेला पारेर ट्रेसिङ गर्ने नीति ल्याएपनि लकडाउन भने २३ मार्चबाट मात्र सुरु भयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV