२४ बैशाख २०७७, बुधबार

काठमाडौं, २४ वैशाख । सरकारले लकडाउन खुकुलो बनाउने भएको छ । कोरोना भाइरस रोकथामका लागि लगाइएको लकडाउनको समयमा विकास निर्माण र उद्योगहरु सञ्चालन गर्न दिने निर्णय गरेसंगै देशको लकडाउनमा केही खुकुलो हुने भएको हो ।

देशलाई कोरोना महामारीबाट बचाउनको लागि लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याएको छ । तर यसमा पहिले भन्दा केही सहज भने आउने भएको छ । उच्चस्तरीय समन्वय समितिले कोरोनाको जोखिमका आधारमा लकडाउन कडा वा खुकुलो बनाउने भन्नेबारे प्रस्ताव राखेको थियो ।
समितिको बैठकले लकडाउन लम्ब्याए पनि विकास निर्माणका काम र उद्योगहरु भने सर्शत खुला गर्ने निर्णय गरेको छ ।

शुक्रबारदेखि खाद्यान्न उत्पादन वा प्रशोधनगर्ने उद्योगहरु, दुध तथा दुग्धप दार्थ उत्पादन उद्योग , औषधि, सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योगहरु , खाने पानी उत्पादन गर्ने उद्योगहरु, इँटा उद्योग ,पशुपंक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योग, खाने तेल तथा घ्यू उद्योग, एलपीजी ग्याँस उद्योग भित्र रहेका सबैखाले उद्योग लगायत ४० भन्दा बढी उद्योगहरुमा काम सुरु हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV