२४ बैशाख २०७७, बुधबार

स्पेन, २४ बैशाख । कोरोना भाइरसका कारण अहिले विश्व खेलकुद ठप्प छ । विश्वका ठूला लिगहरु समेत स्थगित हुदाँ खेलाडीहरुको प्रशिक्षण पनि रोकिएको छ । तर, अर्को साताबाट बार्सिलोनाका खेलाडीहरु प्रशिक्षणमा फर्कने भएका छन् ।

यसका लागि फुटबल क्लब बार्सिलोनाले खेलाडीहरुको स्वास्थ्य परीक्षण गरेको छ । महामारीकाबीच बार्सिलोनाले नियमित स्वास्थ्य परीक्षणको सिलसिलामा यसपटक कोरोना परीक्षण गरेको थियो ।

अहिले बार्सिलोना धेरै खेलाडी घरबाट क्लब फिर्ताभएर क्वारेन्टाइनमा छन् । त्यसैले उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर अभ्यास थाल्ने योजना स्वरुप कोरोना परीक्षण गरिएको क्लबले उल्लेख गरेको छ ।

यसका लागि स्पेन सरकाको अनुमतिमा अर्को हप्ता पछि प्रशिक्षणमा फर्कने तयारीमा खेलाडी छन् । यसैबीच ला लिगा जुनको मध्यबाट थाल्ने लिग कमिटी तथा स्पेन फुटबल संघको योजना छ ।

LIVE TV