२४ बैशाख २०७७, बुधबार
  • शीतल भट्ट,

कञ्चनपुर, २४ बैशाख । लकडाउन प्रभावकारी बनाउन कञ्चनपुरमा सशस्त्र प्रहरी बलले साइकल गस्ती शुरु गरेको छ ।

कोरोना भाइरस (कोडिभ १९) रोकथामका लागि सरकारले आगामी ५ जेठसम्म लकडाउन गर्ने निर्णयसंगै सशस्त्र प्रहरीले जिल्लामा साइकल गस्ती शुरु गरेको हो ।

पछिल्ला दिनहरुमा नागरिकबाटै समाजिक दूरीको वेवास्ता गर्दै लकडाउन उलङघन हुन थालेपछि सशस्त्र प्रहरीले यस अघि गर्दै आएको पैदल र सवारी साधनको गस्तीपछि साईकल गस्ती गर्न लागेको हो ।

सशस्त्र प्रहरी प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीले कञ्चनपुरभरी साइकल गस्ती गर्न मातहतका निकायलाई निर्देशन समेत जारी गरेको छ ।

बुधबार शैलेश्वरी गणका गणपति बीरसिंह शाहु आफैले शुक्लाफाँटा नगरपालिका ५ बनसमिति शैलेश्वरी गणदेखि कञ्चनपुरको पूर्वी सीमानासम्म आफै साइकल गस्तीको नेतृत्व गरेका थिए ।

पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्र्तरगत बन समितिदेखि जिल्ला प्रवेशद्वार कृष्णपुर नगरपालिका ५ गुलरिया गजरौलासम्म साइकल गस्ती गरिएको थियो ।

लकडाउन प्रभावकारी बनाउनका लागि साईकल गस्ती समेत गरिएको सशस्त्र प्रहरी उपरीक्षक शाहुको भनाइ छ ।
राजमार्ग, सीमा क्षेत्र, वन क्षेत्र, ग्रामीण भेगबस्ती र बजार क्षेत्रमा सशस्त्र प्रहरीले साईकल गस्ती गरेर अपराध न्यूनीकरणका लागि भूमिका निर्वाह गर्दै आएको छ । सीमा क्षेत्रमा समेत सशस्त्र प्रहरीले जनशक्ति पनि बढाएको छ ।

बेलौरी नगरपालिकाले सशस्त्र प्रहरीलाई गस्ती प्रभावकारी बनाउन ८ थान साइकल र सुरक्षा उपकरण दिएको बेलौरी नगरका प्रमुख पोतिलाल चौधरीले बताउनुभयो ।

भारतसंग सीमा जोडिएको १ सय २९.५ किलोमिटर दुरीमा सशस्त्र प्रहरीले नियमित पहरा बनाएको छ । सीमा क्षेत्रमा आवतजावत रोक्नका लागि यस अघि १० अस्थायी पोष्ट सहित गस्ती बढाएको हो ।

सश्स्त्र प्रहरीले कञ्चनपुरमा कोरोनाको चैन तोड्नेदेखि अवैध हतियार बोक्ने जनप्रतिनिधि, मदिरा सेवन गरेर लकडाउन तोड्ने, लागू औषधका तस्करलाई तह लगाउँदै आएको छ ।

स्थानीयले सशस्त्र प्रहरीसंग लकडाउन थप कडाई र भारतबाट आउने कुनैपनि बस्तु आयातामा रोक्न भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

LIVE TV