२४ बैशाख २०७७, बुधबार

बेलायत , २४ वैशाख । बेलायतमा लकडाउनलाई सहज बनाउदै नजिकका परिवार र साथीहरुसंग पार्कमा वनभोज गर्न दिइने भएको छ ।

बेलायतका मन्त्रीहरु त्यहाँका मानिसहरुलाई उनीहरुका आफन्त र साथीहरु सानो समूहमा भेट्न दिनको लागि सोचिरहेका छन् ।

मन्त्रीहरुले देशलाई कडा लकडाउनबाट बाहिर निकाल्न र नयाँ सामान्य जीवन जिउन दिनका लागि प्रस्ताव राखेका छन् ।

सरकारले लकडाउनलाई सहजता बनाउन खोजेको कारण बेलायतमा लकडाउन धेरै हप्त नलम्बिने अनुमान लगाइएको छ । सरकाले सकेसम्म लकडाउनलाई कम गर्ने प्रयास गरिरहेको छ।

बेलायती प्रधानमन्त्री जोन बोरिसका आधिकारिक प्रवक्ताले डाउननिंग स्ट्रीटले मानिसहरुलाई घर बाहिर गएर आनन्द लिन लकडाउन छोटाउनेबारे हरिरहेको पुष्टि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV