२४ बैशाख २०७७, बुधबार

काठमाडौं, २४ बैशाख । भोलि बोलइएको स्थायी समिति बैठकको एजेण्डालगायतका विषयमा विवाद भएपछि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक विचैमा त्याग गर्नु भएको छ ।

बालुवाटारमा जारी सचिवालय वैठक बिचमा नै त्यागेर अध्यक्ष ओली बाहिरिए पनि सचिवालय बैठक भने जारी रहेको बैठकमा सहभागी एक सदस्यले न्यूज २४ लाई बताए ।

तर, अध्यक्ष ओली व्यक्तिगत कामको प्रयोजनका कारण वैठकबाट बाहिरिनु भएको पनि ती सदस्यको भनाइ छ ।

तर, सचिवालय वैठकमा सहभागीहरुले एक व्यक्ति एक पदको मुद्दा उठाएपछि र निरन्तर सरकारको आलोचना गरिएपछि ओली बाहिरिनु भएको बताइएको छ ।

यसैबीच प्रधानमन्त्री सचिवालयका अनुसार भने निरन्तरको बैठकले थकित भएको कारण प्रधानमन्त्री एवं अध्यक्ष ओली आरामको लागि बाहिरिनु भएको हो ।

निरन्तरको बैठकले खाना खान पनि नभ्याएको र थकित भएको कारण अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक सञ्चालन गर्नु हुने जानकारी दिनु हुँदै अध्यक्ष ओली बाहिरिनु भएको समेत उहाँको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV