२४ बैशाख २०७७, बुधबार
  • बसन्त खतिवडा,

बारा, २४ बैशाख । बारा जिल्लामा रहेका एक बहुराष्ट्रिय कम्पिनी सहित तीन उद्योग सञ्चालनमा आउने भएको छ ।

प्रमुख जिल्ला अधिकारीको निर्णयमा जिल्ला भित्र रहेको सूर्य नेपाल, जगदम्बा स्टील, हुलास स्टील उद्योग सञ्चालन गर्ने भएका हुन् ।

प्रशासनले अनुमति दिएपछि उद्योगहरुले सञ्चालनको तयारी थालेका छन् । तीनै उद्योग बाराको सिमरामा रहेका उद्योगहरु हुन् ।

मंगलवार प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य संघका प्रतिनिधि लगायतले उद्योगको स्थलगत निरीक्षण गरेका थिए ।

राष्ट्रिय प्राथमिकता प्राप्त विकास निर्माण आयोजनामा सामग्री अभाव हुन नदिने उदेश्य र ठूलो करदाता कम्पनीसमेत रहेकाले उद्योग सञ्चालनमा ल्याउने निर्णय भएको ईलाका प्रशासन कार्यालय, सिमराका प्रमुख कृष्ण गैरेले जानकारी दिनुभयो ।

उद्योगले आफुसँग भएका कच्चा पदार्थ र १५ प्रतिशत जनशक्तिको प्रयोग गरी ३० देखि ४० प्रतिशतसम्म उत्पादन गर्ने गरी उद्योगहरु सञ्चालनका लागि अनुमति दिईएको प्रशासनले जनाएको छ ।

नोवल कोरोना भाईरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको २०७६ चैत २० गतेको निर्णयमा भएका मापदण्ड भित्र रही उद्योग सञ्चालन गर्न अनुमति दिईएको समेत ईलाका प्रशासन सिमराका प्रमुख गैरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV