२४ बैशाख २०७७, बुधबार
  • सुरेश भट्ट

कञ्चनपुर , २४ बैशाख । कञ्चनपुरको महाकाली नगरपालिकाबाट लुकिछिपी भारत प्रवेश गर्न लागेका मुस्लिम समुदायका ५ जनालाई सीमाबाट पक्राउ गरेको छ । उनीहरु सबै ट्युबको सहारामा महाकाली नदी तरेर महाकाली नगरपालिका आइपुगेका थिए ।

आज विहान ११ बजेतिर सशस्त्र प्रहरी वल दोधारा चाँदनी बीओपीले महाकाली नगरपालिकाको वडा नम्बर ७ को सीमा क्षेत्र कन्चभोजबाट मुस्लिम समुदायका ५ जनालाई पक्राउ गरेको हो ।
उनीहरु लकडाउन भन्दा अगाडि भारतबाट गड्डाचौकी हुँदै धनगढी पुगेका थिए । यसरी सीमामा लुकिछपी आवत जावत बढ्न थाले पछि सशस्त्र प्रहरीले ३ गुणा बढी गस्ती खटाएर सीमामा कडाइ गर्दै आएको छ ।

महाकाली नदीबाट ट्युबमा तरेर पुल पारी महाकाली नगरपालिकामा आएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक रामसिंह भण्डारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV