२४ बैशाख २०७७, बुधबार

काठमाडौं, २४ बैशाख । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरस संक्रमितहरुको संख्या करिब ५० हजार पुगेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले बुधबार जारी गरेको आँकडा अनुसार कोरोना संक्रमणका कारण हालसम्म पूरै भारतमा १ हजार ६ सय ९४ ले ज्यान गुमाइसकेका छन् ।

File Picture

त्यस्तै, संक्रमितको संख्या ४९ हजार ३९१ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा २ हजार ९ सय ५८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्, भने १२६ को ज्यान गएको छ ।

हालसम्म भारतमा १४ हजार १८३ जनाले कोरोनालाई जितिसकेका छन् । कोरोना संक्रमण रोकथामका लागि भारतमा १७ मेसम्म लकडाउन लागू हुनेछ ।

तर, कोरोना संकटलाई मध्यनजर गर्दै तेलंगानामा भने २९ मेसम्म लडाउकन लम्ब्याइएको छ । मुख्यमन्त्री के चन्द्रशेखर रावले २९ मेसम्म लकडाउन जारी रहने यस अगाडि नै घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV