२४ बैशाख २०७७, बुधबार

काठमाडौं, २४ बैशाख । बलिउड अभिनेता ऋतिक रोशनका लागि सन् २०१९ राम्रै रह्यो । २०१९ मा उनले दुई वटा फिल्महरु ‘सुपर ३०’ र ‘वार’ मा काम गरेका थिए । ती दुवै फिल्मले बक्स अफिसमा राम्रो कलेक्शन गर्न सफल बनेको थियो ।

अहिले आएर उनको नयाँ प्रोजेक्टको चर्चा हुन थालेको छ । केही समय अगाडि ऋतिकले ‘सत्ते पे सत्ता’को रिमेकमा काम गर्ने बताइएको थियो । तर, स्क्रिप्ट इस्यूका कारण फाइनल हुन सकेन ।

यसैबीच पिंकविल्लाका अनुसार ऋतिकले ‘तानाजीः द अनसंग वारियर’को निर्देशक ओम राउतसँग काम गर्न सक्नेछन् । यसका साथै अन्य धेरै फिल्ममेकरहरुसँग ऋतिकको कुरा भइरहेको पनि रिपोर्टमा उल्लेख गरिएको छ ।

ओम राउतको फिल्म ‘तानाजी’ मा अजय देवगनले मुख्य भूमिका निभाएका थिए । उक्त फिल्ममा सैफ अली खानले जेगेटिभ रोल गरेका थिए । फिल्मले पनि बक्स अफिसमा कमालको कलेक्शन गरेको थियो ।

पछिल्लो पटक ‘वार’ फिल्ममा ऋतिक देखिएका थिए । एक्शनले भरिपूर्ण उक्त फिल्ममा अर्का एक्शन अभिनेता टाइगर श्रफ पनि मुख्य भूमिकामा थिए । फिल्मले बक्स अफिसमा ठूलो सफलता हाँसिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV