२४ बैशाख २०७७, बुधबार

गोरखा, २४ वैशाख । गोरखाको गण्डकी गाउँपालिकाको चेपाङबस्तीमा दादुराको महामारी फैलिएको छ। गाउँपालिका–६ को ह्विलिङमा तीनजना बालबालिका र वडा नम्बर ७ को क्षेत्रीखोलाका पाँच जना चेपाङ समुदायमा दादुरा फैलिएको हो।

वडा नम्बर ६ ह्वीलिङका एकै घरका १२ र नौ वर्षका र अर्को एक घरका आठ वर्षका बालकमा दादुराका बिरामी रहेको स्थानीय बेलु चेपाङले जानकारी दिइन्। त्यस्तै वडा नम्बर ७ क्षेत्रीखोलाका छ महिना, चार, १४, १८ र २९ वर्षका स्थानीय संक्रमित भएको गीता चेपाङले बताइन्।

उनीहरुमध्ये ह्विलिङका तीन जनालाई निको भइसकेको बेली चेपाङको भनाइ छ। क्षेत्रीखोलाका चार जनाको अवस्था सामान्य रहेको र एकजना गम्भीर बिरामी रहेको स्थानीय श्रीमाया चेपाङले जानकारी दिइन्।

२९ वर्षकी राममाया चेपाङको अवस्था गम्भीर रहेको उनको भनाइ छ। ‘राममाया मेरो नन्द हो। छ दिनदेखि एक सय चार डिग्री भन्दा बढी ज्वारो आइरहेको छ’, उनले भनिन्, ‘उच्च ज्वारो आउने, टाउँको दुख्ने, बान्ता आउने, पखाला लाग्ने, घाँटी सुख्खा हुने, दुख्ने भएर सिकिस्त छन्।’ अरु पनि दुई हप्ताअघिदेखि बिरामी रहेको उनले बताइन्। याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV