२४ बैशाख २०७७, बुधबार

काठमाडौं, २४ वैशाख । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस {काेभिड-१९} ले रुस पनि भयावह बन्दै गएकाे पाइन्छ । पछिल्लो समय रूसमा सबैभन्दा तिव्र गतिमा कोरोनाभाइरसको संक्रमण फैलिरहेको छ

रूसमा लगातार तेस्रे दिन पनि १० हजार बढी नयाँ संक्रमित भेटिएका छन् । मंगलबार पनि रूसमा १० हजार १०२ जना नयाँ संक्रमित भेटिएका छन् भने ९५ जनाकाे मृत्यु भएकाे वर्ल्डो मिटर्स डट इन्फोले जनाएकाे छ ।

साेमबार त्यहाँ १० हाजर ५ सय ८१ जना नयाँ काेराेना संक्रमित भेटिएका थिए । आइतबार पनि १० हजार बढी कोरोना भाइरसका संक्रमित भेटिएका थिए ।

याे सँगै अहिले रूसमा काेराेना संक्रमितकाे संख्या १ लाख ५५ हजार ३७० पुगेकाे छ । साेमबार बिहानसम्म त्यहाँ काेराेना संक्रमितकाे संख्या  १ लाख ४५ हजार २६८ थियाे ।

अहिलेसम्म त्यहाँ कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ हजार ४ सय ५१ पुगेको छ । त्यस्तै सङ्क्रमितमध्ये १९ हजार ८६५ जना भने निको भएर घर फर्किएका छन् । अहिले रूसमा १ लाख ३४ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ ।

रूसमा सबैभन्दा बढी प्रभावित मस्कोमा भएकाे छ । मार्च ३० देखि राजधानी मस्कोका १ करोड २० लाख मानिसलाई अत्यावश्यक नभई बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।

रूसमा पहिलो दुई व्यक्तिमा सङ्क्रमण जनवरी ३१ मा भेटिएको भएपनि मार्चको अन्त्यपछि मात्रै सङ्क्रमित सङ्ख्यामा वृद्धि भएको थियो ।

रूसका प्रधानमन्त्री मिखाइल मिसुस्तिन पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV