२३ बैशाख २०७७, मंगलवार

काठमाडौं, २२ बैशाख । प्राणघातक कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ५४ हजार २८३ पुगेको छ । यसैबीच संक्रमितको संख्या ३६ लाख ८० हजार २१० जना पुगेका छन् ।

वल्र्डोमिटर्सको ताजा अपडेट अनुसार हालसम्म संक्रमितहरुमध्ये १२ लाख १५ हजार ३१० जनाले कोरोनालाई जितिसकेका छन् । त्यस्तै, १४ लाख ६९ हजार ५९३ वटा कोरोनाका केसहरु बन्द भइसकेका छन्, भने २२ लाख १० हजार ६१७ वटा कोरोनाका केसहरु सक्रिय छन् ।

यो समाचार तयार गर्दासम्म कोरोना संक्रमणका कारण सबै भन्दा बढी अमेरिकामा ७० हजार ६५३ ले ज्यान गुमाइसकेका छन्, भने संक्रमितको संख्या १२ लाख १८ हजार २५ पुगेको छ । यसैबीच १ लाख ८८ हजार ६४७ जनाले कोरोनालाई जितिसकेका छन् ।

त्यस्तै, इटालीमा पनि ज्यान गुमाउनेको संख्या २९ हजार ३१५ पुगेको छ । त्यस्तै, संक्रमितको संख्या २ लाख १३ हजार १३ पुुगेको छ, भने निको हुनेहरुको संख्या ८५ हजार २३१ पुगेको छ ।

यता स्पेनमा पनि ज्यान गुमाउनेको संख्या २५ हजार ६१३ पुगेको छ । २ लाख ५० हजार ५६१ संक्रमित पुगेका छन् । यसैबीच १ लाख ५४ हजार ७१८ जना निको भइसकेका छन् ।

यसैक्रममा यूकेमा पनि ज्यान गुमाउनेको संख्या २८ हजार ७३४ पुगेको छ । संक्रमितको संख्या १ लाख ९० हजार ५८४ जना पुगेको छ ।

यता फ्रान्समा २५ हजार २०१ ले ज्यान गुमाएका छन्, भने १ लाख ६९ हजार ४६२ जना संक्रमित पुगेका छन् । जसमध्ये ५१ हजार ३७१ जना निको भइसकेका छन् ।

त्यस्तै, जर्मनी, टर्की, रसिया, इरान, ब्राजिल, चीन, क्यानाडा, बेल्जियम, नेदरल्याण्ड्स, पोर्चुगललगायतका मुलुकहरुमा पनि हजारौंले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन्, भने लाखौं संक्रमित भएका छन् ।

हालसम्म नेपालमा पनि संक्रमितहरुको संख्या ८२ जना पुगिसकेको छ । जसमध्ये १६ जना निको भइसकेका छन् । भोलि केही डिस्चार्ड हुदै गरेका पनि जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV