
काठमाडौं, २३ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नु भएको छ ।
कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको बालुवाटारमा बसेकाे बैठकलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति भवन शीतल निवास पुग्नु भएको हो ।

उच्चस्तरीय समितिको बैठकमा आज प्रधानमन्त्री ओली पनि सहभागी हुनुहुन्थ्यो । समितिको बैठकमा नेपालमा कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढ्दो अवस्थामा लकडाउनलाई कसरी अगाडि लैजाने भन्ने विषयमा छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री ओली लकडाउनको पूर्णपालना नभएको भन्दै सरोकारवाला पक्षलाई कडाइका साथ पालना गराउन बारम्बार निर्देशन दिदै आउनु भएको छ ।
लकडाउनमा ठूला निर्माणहरु प्रभावित भइरहेको अवस्थामा विकास निर्माणको काममा सेना परिचालन गराउने तयारीमा सरकार रहेको चर्चा चलिरहेकै अवस्थामा बैठक सकिएलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेटन शीतल निवास पुग्नुले पनि चर्चालाई थप बल पुगेको अनुमान गरिन थालिएको छ ।