
- बसन्त खतिवडा,
बारा, २२ वैशाख । बाराको बिश्रामपुरस्थित भारतीय दशगजा क्षेत्रमा नेपाली र भारतीय पक्षबीच झडप भएको छ ।
दशगजा क्षेत्रमा रहेको खेतमा गएका नेपालीलाई भारतीय सीमा सुरक्षा बलले हातपात गर्न खोजेपछि स्थानीय प्रतिकारमा उत्रँदा झडप भएको हो ।
पानी परेपछि खेत जोत्न योग्य छ कि छैन भनेर अवलोकन गर्न गएका बिश्रामपुर गउँपालिका वडा नम्बर चारका छोटेलाल साहलाई एसएसबीले हातपात गर्न खोजेका कारण प्रतिकारमा उत्रिनुपरेको स्थानीयले बताएका छन् ।
नेपाली पक्षको एक समूह नै एसएसबीको बिरोधमा उत्रिँदा भारतीय नागरिकहरु समेत होहल्ला गर्दै जम्मा भएपछि झडपको अवस्था सिर्जना भएपनि अहिले स्थिति सामान्य रहेको बाराका सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुबेदीले बताउनुभयो ।
केहिबेर हो–हल्लापछि दुवै पक्षलाई सम्बन्धित देशका सुरक्षाकर्मीहरुले सम्झाईबुझाई घर पठाएको सशस्त्र प्रहरी उपरीक्षक सुबेदीले बताउनुभयो ।
केहिबेर तनावपूर्ण वातावरण बनेपनि हाताहाती भने नभएको उहाँले बताउनुभयो ।