२३ बैशाख २०७७, मंगलवार

नयाँ दिल्ली, २३ बैशाख । दिल्लीको मुख्यमन्त्री अरविन्द केजरीवालाले शहरका केही ठाउँमा सोसल डिस्टेन्सिङको पालना नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् । मुख्यमन्त्री केजरीवालले चेतावनी दिदै सोसल डिस्टेन्सिङको पालना नगर्ने पसलहरु सील गर्ने बताएका छन् ।

कोरोना संक्रमणबाट बच्नका लागि मुख्य तीन वटा कुरामा ध्यान दिनुपर्ने भन्दै उनले भने, ‘घरबाट बाहिर निस्कदा अनिवार्य मास्क लगाउनु पर्छ, सोसल डिस्टेन्सिङको पालना गर्नुपर्छ र पटक-पटक हात धुनु पर्छ । यी तीन कुरामा ध्यान दियौँ भने कोरोनाबाट बच्न सकिन्छ ।’

उनले थपे, ‘केही ठाउँमा सोसल डिस्टेन्सिङको पालना नहुँदा मलाई दुःख लागेको छ । भोलिका दिनहरुमा पनि सोसल डिस्टेन्सिङको पालना भएन भने कडाइ गर्न हामी बाध्य हुनेछौं । ती पसलहरु मात्रै नभएर क्षेत्रलाई नै सील गर्न बाध्य हुनेछौं ।’

यसैबीच मुख्यमन्त्री केजरीवालले डेढ महिनासम्मको लकडाउनपछि केन्द्रीय सरकारले केही ठाउँमा भने लकडाउन खुकुलो बनाएको जानकारी पनि गराएका छन् । पूरै भारतलाई रेड, ओरेञ्ज र ग्रीन जोनमा विभाजन गरिएको छ । यसैबीच पूरै दिल्लीलाई रेड जोनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV