२३ बैशाख २०७७, मंगलवार

काठमाडौं, २३ बैशाख । कोरोना संक्रमणका कारण भारत पनि पूरै लकडाउनको अवस्थामा छ । यस्तो लकडाउनको अवस्थामा बलिउड कलाकारहरु विभिन्न क्रियाकलाप गरेर पनि आफूले आफैलाई व्यस्त राख्ने कोशिस गरिरहेका छन् ।

यसैबीच डान्सर तथा अभिनेत्री नोरा फतेहीले पनि टिक–टक भिडियोमार्फत् फन्नी अन्दाजमा आफूलाई अनिद्राको समस्याले साताइरहेको बताएकी छन् । नोराले इन्टाग्राममा उक्त भिडियो सेयर गरेकी छन् ।

उक्त भिडियोको क्याप्शनमा नोराले लेखेकी छन्, ‘जब म पनि सुत्नको लागि कोशिस गर्छु तब अनिद्राले मलाई घेरिहाल्छ । तर, यस्तो किन हुन्छ ?’ अहिले नोराको यस भिडियो सोसल मिडियामा निकै भाइरल बनिरहेको छ ।

यस अगाडि नोराले आफ्नो डान्स भिडियो पनि सेयर गरेकी थिइन् । अहिले समय उनी किचनमा कयौं प्रकारको डिसेज पनि तयारी गरेकी छन् । यसका साथै उनले आफ्नो फिटनेसलाई पनि निकै ध्यान दिदै आएकी छन् । उनले होम वर्कआउटमार्फत् आफूलाई फिट राख्न कोशिस गर्दै आएकी छन् ।

नोरा फतेहीले ‘बटला हाउस’को गीत ‘ओ साकी साकी’, ‘सत्यमेव जयते’को गीत ‘दिलबर’ र प्रभासको ‘बाहुबली’को गीत ‘मनोहरी’मा शान्दार पर्फमेन्सका कारण सबैको मन जितिसकेकी छन् ।

त्यसोत, ‘स्ट्रिट डान्सर’ पनि उनको पर्फमेन्स हेर्न लायक नै थियो । सो फिल्ममा उनको साथमा अभिनेता बरुण धवन र अभिनेत्री श्रद्धा कपुर पनि देखिएका थिए । अब उनी अभिनेता अजय देवगन स्टारर् ‘भुज द प्राइड’लगायतका फिल्ममा देखिनेछन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV